काठमाडौ । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।
तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ । यसका केही कारणबारे जानिराखौं :
१. थकान र तनावका कारण आँखा फर्फराउँछ । तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ । राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ ।
२. धेरै मापसे गर्दा पनि आँखा फर्फराउँछ ।
३. धमिलो बत्तीमा काम गर्दा अनि कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखा फर्फराउँछ । कसरी रोक्ने त ? टन्न पानी पिउनुहोस् । पूरा आराम हुनेगरी धेरैभन्दा धेरै सुत्नुहोस् । अनि आँखाको मसाज गर्नुहोस् ।
४. आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउनुहोस् । एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा फर्फराइरह्यो भने चाहिँ चिकित्सकलाई भेट्न जानुपर्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ साउन २०८०, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निःशुल्क आँखा शिविरबाट ५ सयजना लाभान्वित
मोतीबिन्दुको शल्यक्रियापछि १३ जनाको आँखामा संक्रमण, ३ चिकित्सक निलम्बित
प्रत्येक वर्ष आँखा जचाउन तिलगङ्गा प्रतिष्ठानको आग्रह
बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने
आँखा शिविरबाट ३०० जना लाभान्वित
१०२ वर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि…