मदन पुरस्कारका लागि छानिए उत्कृष्ट पाँच कृति

सफल खबर संवाददाता

बुधबार, २४ साउन २०८०, ०९ : १५
मदन पुरस्कारका लागि छानिए उत्कृष्ट पाँच कृति

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार – २०७९’ का लागि पाँच कृतिहरू छनौट गरेको छ। गुठीलाई प्राप्त ३१३ पुस्तकहरू मध्येबाट  पाँच छनौट गरिएको र यी पुस्तकहरू मध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष २०७९ को मदन पुरस्कार अर्पण गरिने गुठीले जनाएको छ । 

छनौट गरिएका पाँच कृतिमा सुबिन भट्टराईको इजोरिया,   विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा  र सञ्जय विष्टको माटाको घर रहेका छन् ।     

वि.सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्‍जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो।

२०७५ सालबाट मदन पुरस्कारको राशि चार लाख रुपियाँ रहँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस