मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई

सफल खबर संवाददाता

शुक्रबार, १४ भदौ २०८१, १२ : ३५
मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई

काठमाडौं । यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो ।

साथै प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् । दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस