पोखरा। आँखा पाक्ने समस्या बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलिदेखि तीन दिनका लागि बन्द हुने भएका छन् ।
आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगर प्रमुखकको अध्यक्षतामा सरोकारावालासहितको बैठकले महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेश्वरी सम्पूर्ण शैक्षिक संस्था वर्षे/हिउँदे/स्थानीय बिदाबाट कट्टी हुने गरी २४ गतेदेखि २६ गतेसम्म बिदा दिने निर्णय गरिएको महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिए ।
विद्यार्थीहरूलाई सुरक्षित रुपमा घरमा बस्न र अभिभावकलाई पनि सङ्क्रमणबाट बच्न सूचनामूलक सन्देश सम्प्रेषण गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निःशुल्क आँखा शिविरबाट ५ सयजना लाभान्वित
मोतीबिन्दुको शल्यक्रियापछि १३ जनाको आँखामा संक्रमण, ३ चिकित्सक निलम्बित
प्रत्येक वर्ष आँखा जचाउन तिलगङ्गा प्रतिष्ठानको आग्रह
बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने
आँखा शिविरबाट ३०० जना लाभान्वित
१०२ वर्षको उमेरमा आँखाको ज्योति फर्किएपछि…