काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको अवरोध हटाउन शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । आज संसद् बैठक बस्नुअघि सभामुख घिमिरेले शीर्ष दलका नेतासँग छलफल गर्न लागेका हुन् ।
उनले मध्याह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक बोलाएका हुन् । आज संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
सभामुख घिमिरेले आइतबार (हिजो) सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि सहमति जुट्न सकेको थिएन ।
एमालेले साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २२ साउन २०८०, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्मा उठ्यो पांग्रा छाड्ने विमानको विषय, छानबिन आयोग गठन गर्न माग
संसद्मा हंगामा गरेपछि आम आदमी पार्टीका १३ सांसदलाई विधानसभाबाट निकालियो
कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन : योगेश भट्टराई
संसद्को कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक
संसद्को दुवै सदनको कार्यसूचीमा छैन अध्यादेश