काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बढ्दो बाँदर आतंकको समस्या समाधान हुनेगरी कदम चालिनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा बुधबार बाँदर आतंकसम्बन्धी फोटो पोस्ट गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘तीन दिन अगाडिको पोस्टमा आएका प्रतिक्रिया हेर्दै जाँदा खगेन्द्र पाण्डेले पोस्ट गर्नु भएको मकै बारीमा बाँदर आतङ्कको कारुणिक तस्बिरमा आँखा पुगे’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हेर्दा साधारण लाग्ने यो तस्बिरले मन भने पोलिरह्यो।उहाँले तस्बिर पोस्ट गर्दै लेख्नु भएको रहेछ–यसबारे पनि केही बोल्नु । हो, अवश्य । बोल्नै पर्छ। बोल्ने मात्र होइन तत्काल समाधान हुनेगरी कदम पनि चाल्नु पर्छ।’
उनले एमाले नेतृत्वको सरकारमा रहेका बेला स्थानीय तह मार्फत यसको केही सुरुवात पनि गरेको स्मरण गराएका छन् । ‘जुन पर्याप्त नहुन सक्छ । अहिले पनि त्यसलाई निरन्तरता दिँदै थप ध्यान दिनु आवश्यक छ ’, उनको भनाइ छ ।
ओलीले कहिलेकाहिँ आफूले लेखेका पोस्टमा गरिएका कमेन्ट पढ्दै जाँदा ताली र गाली मात्र नभइ यस्ता साझा समस्याका तस्बिर पनि आउने ओलीको धारणा छ । उनले कमेन्टमा तस्बिर राख्ने खगेन्द्र पाण्डेलाई धन्यवाद पनि दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव
केपी ओलीको शपथ ग्रहणमा गएनन् माधव नेपाल
केपी ओली प्रधानमन्त्रीमा नियुक्त
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ : केपी ओली
एमालेलाई ध्वस्त बनाउने प्रयास भइरहेको छ : केपी ओली