मणिपुर : हिंसाका कारण १४ हजार विद्यालय बालबालिका विस्थापित

एजेन्सी

विहीबार, १८ साउन २०८०, २० : ०४
मणिपुर : हिंसाका कारण १४ हजार विद्यालय बालबालिका विस्थापित

काठमाडाैं । मे ३ मा मणिपुरमा मेतेई र कुकी समुदायबीच जातीय हिंसा र आगजनी भयो र केही दिनसम्म नियन्त्रण बाहिर गयो। उक्त हिंसामा १६० जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए । धेरैले त्यहाँ वास्तविक मृत्युको संख्या धेरै हुन सक्ने आसंखा ब्यक्त गरेका छन् । हिंसाका कारण मणिपुरबाट पनि कुकी समुदायका मानिसहरु पलायन भै सुरक्षित स्थानमा गएका छन् जसका कारण बालबालिकाको पढाइ र रोजगारीमा समेत असर परेको छ ।

हिंसाका कारण बालबालिकाको पढाइ प्रभावित

अहिले केन्द्र सरकारले राज्यमा जातीय हिंसाका कारण १४ हजारभन्दा बढी बालबालिका विस्थापित भएको बताएको छ । केन्द्रीय शिक्षा राज्यमन्त्री अन्नपूर्णा देवीले राज्यसभामा लिखित जवाफमा यी मध्ये ९३ प्रतिशतभन्दा बढी बालबालिकालाई नजिकैको विद्यालयमा भर्ना गरिएको बताइन्। उनको जवाफमा भनिएको छ- मणिपुरको वर्तमान अवस्थाका कारण कुल १४,७६३ विद्यालय जाने बालबालिकाहरू विस्थापित भएका छन् ।

विस्थापित विद्यार्थीहरूको भर्ना प्रक्रियालाई सहज बनाउन प्रत्येक राहत शिविरका लागि नोडल अधिकारी नियुक्त गरिएको छ। अन्नपूर्णा देवीले भनेकि छिन् ( विस्थापित विद्यार्थीमध्ये ९३।५ प्रतिशतलाई नजिकका विद्यालयमा निःशुल्क भर्ना गरिएको छ । केन्द्र सरकारले मणिपुरका चार जिल्ला चुराचन्दपुर ९४,०९९०, कांगपोकपी ९२,८२२०, विष्णुपुर ९२,०६३० र इम्फाल पूर्व ९२,०५३० मा विस्थापित विद्यालय बालबालिकाको संख्या सबैभन्दा बढी रहेको बताएको छ ।

तीन महिनाअघि सुरु भएको यो हिंसामा १६० भन्दा बढी मानिस मारिएका छन् भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् । केन्द्र सरकारले हिंसा नियन्त्रण गर्न राज्यमा हालसम्म केन्द्रीय सुरक्षा बलका ४०,००० कर्मचारी तैनाथ गरेको छ ।

प्रतिक्रिया दिनुहोस