काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाको अवलोकन गरेका छन् । राष्ट्रिय गौरवको यो आयोजना अवलोकनका लागि पूर्वप्रधानमन्त्री भट्टराई बागमतीका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ लगायतका नेतासँग सुरुङ निर्माणस्थल पुगेका थिए ।
बिहीबार आयोजना अवलोकन गरेपछि अध्यक्ष भट्टराईले पूर्वपश्चिम बग्ने नदी डाइभर्सन गरेर तराई मधेसमा सिँचाइ गर्न सक्दा ठुलो आर्थिक क्रान्ति सम्भव हुने बताए । उनले यस्ता युगान्तकारी परियोजनालाई उच्च महत्त्व दिएर अघि बढाउनुपर्नेमा जोड दिए । ‘कालीगण्डकी, त्रिशूली, सुनकोशीजस्ता नदीको डाइभर्सन गरेर तराई मधेसमा सिँचाइ गर्न सक्दा ठुलो आर्थिक क्रान्ति सम्भव हुन सक्छ ।’ उनले भने ।
सिन्धुली र रामेछाप हुँदै बग्ने सुनकोशी नदीलाई बाँध बाँधेर तराईका पाँच जिल्लामा सिँचाइ तथा ३१.७ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य यस परियोजनाको छ । सिन्धुलीको खुर्कोटमा हेडवर्क निर्माण गरी १३२ किलोमिटर सुरुङमार्फत सुनकोशी नदीको पानी मरिन नदीको किनारमा पुर्याउने तयारी छ।
सुरुङमार्फत ल्याएको पानीलाई सिन्धुलीको कमलामाई नगरपालिका २, कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइनेछ । त्यहाँ विद्युत् उत्पादनपछि बग्ने पानी मरिन नदी हुँदै बागमतीमा पुग्नेछ ।बागमती सिँचाइ आयोजनाबाट करिब १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दरबारमार्गकाे कृषि हाटबजारमा पुगे बाबुराम
नयाँ पार्टी खोल्दैमा वैकल्पिक बनिँदैन : डा.बाबुराम भट्टराई
डा. बाबुराम भट्टराईबारे लेखिएको “द भिजनरी रिबेल” पुस्तक लोकार्पण