मोरङ । नेकपा एमाले रतुवामाई नगर कमिटीको अध्यक्षमा देवीप्रसाद दाहाल निर्वाचित भएका छन् । शनिबार भएको मतगणनामा दाहाल १५४ मतसहित निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार प्रकाशचन्द्र ढकालले ६६ मत ल्याए ।
पदाधिकारीका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवारहरुले आ-आफ्नो प्यानल बनाएका थिए । पदाधिकारीमा सबै दाहाल समूहका निर्वाचित भएका छन् । उपाध्यक्षमा याम प्रसाई १३४ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धि हरि श्रेष्ठले ८० मत ल्याए ।
सचिवमा नारायण ताजपुरीया निर्वाचित भएका छन् । उनले १५९ मत प्राप्त गर्दा सचिवका अर्का उम्मेदवार हेम कार्कीले ५३ मत पाए ।
यस्तै उपसचिवमा रामकुमार लिम्बू निर्वाचित भएका छन् । उनी ११० मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिूपर्धि रामकुमार राजवंशीले ४५ मत प्राप्त गरे । महिला उपसचिवमा भने दाहाल समूहकै सिता बर्देवा निर्विरोध निर्वाचित भएकी थिइन् ।
७५ सदस्यीय नगर कमिटीमा सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् । नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्न प्रयास गरेपनि अन्तिम समयमा समूहगत प्रतिस्पर्धा भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ चैत्र २०८१, १४ : ०३
लेखकबाट थप