एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले बुधबार छुट्टिएको घोषणा गरेका छन् । दुवैले १८ वर्षअघि सन् २००५ मा विवाह गरेका थिए ।
सोफी र जस्टिनले इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो सम्बन्धविच्छेदको जानकारी शेयर गरेका छन् ।ट्रुडोको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोष्टमा लेखिएको छ, ‘म र सोफी धेरै अर्थपूर्ण र कठिन कुराकानीपछि हामीले अलग हुने निर्णय गरेका छौं भन्ने जानकारी दिन चाहन्छौं । एकअर्काको माया र सम्मानको साथ, हामी सधैं परिवार जस्तै हुनेछौं। हामीले मिलेर बनाएका कुरालाई अगाडि बढाउने छौँ ।'
यस पोष्टमा बच्चाहरूलाई उल्लेख गर्दै, 'यो हाम्रो गोपनीयताको सम्मान गर्न भनिएको छ।' जस्टिन ट्रुडो र सोफीका तीन सन्तान छन् । क्यानडाका प्रधानमन्त्रीको कार्यालयका तर्फबाट दुवैले सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर गरेको बताइएको छ । तर, दुवै सार्वजनिक कार्यक्रममा सँगै देखिनेछन् ।
पछिल्ला केही वर्षहरूमा, दुबै सार्वजनिक फोरमहरूमा विरलै देखिएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १८ साउन २०८०, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानडामा विदेशी कामदारको संख्या घटाउने प्रधानमन्त्री ट्रुडोको घोषणा
चीनबाट आउने सामानमा क्यानडाले लगायो २५ प्रतिशत कर
नेपाल क्यानडामा अभ्यास खेलमा पनि पराजित
काठमाडौँमा दूतावास स्थापना गर्न क्यानडालाई परराष्ट्र मन्त्री राणाको आग्रह
विदेशी विद्यार्थीलाई दिने अध्ययन अनुमतिमा थप कटौती गर्दै क्यानडा
नेपाल–क्यानडाबीच परराष्ट्र मन्त्रीस्तरीय वार्ता हुँदै