काठमाडौँ । सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन् ।बुधवार सम्बन्धित सरोकारवालासँग निर्माणाधीन संसद् भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
उनले आफूले केही महिना अघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको पाएको तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भएपनि भौतिक प्रगति उल्लेख्य हुन नसकेको बताए ।
सभामुख घिमिरेले अहिले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ६६ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको बताए । उनले निर्माणको भुक्तानी बढ्दै जाँदा भौतिक प्रगति भने राम्रो नभएको जिकिर गरे । अहिले सरकारले निर्माण भुक्तानी दिन गाह्रो भएको भन्दै उनले ठेकेदारहरुले नापेर निर्माणका काम गरिरहेको बताए । उनले निर्माणाधीन भवनका लागि भने भुक्तानी दिन कठिनाइ नरहेको बताए ।
सभामुख घिमिरेले हिउँदे अधिवेशन निर्माणाधीन संसद् भवनबाट सञ्चालन गर्नेगरी काम गर्न निर्देशन दिएपनि अहिलेसम्मको प्रगतिले हिउँदे अधिवेशन सञ्चालन गर्न नसकिने स्पष्ट रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सोविता र सुमनाले संसदमा बोल्न नपाएको भनेकोप्रति सभामुखको चासो
सभापति लामिछाने र सभामुख घिमिरेबिच भेटघाट
संवैधानिक परिषद् विधेयकमा सभामुखले खोजे सत्तापक्षको धारणा
विकास र समृद्धिमा चीनसँग हातेमालो गर्न चाहन्छौं : सभामुख घिमिरे
संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुन्छ : सभामुख घिमिरे
संसद् अधिवेशन चाडै आह्वान हुने सभामुखको विश्वास