काठमाडौं । सरकारले संघीय शिक्षा ऐनसम्बन्धि विधेयक स्वीकृत गरेको छ । मंगलवार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले अब बस्ने संसद बैठकमा पेस गर्नेगरी सो विधेयक स्वीकृत गरेको हो । संसदमा पठाउने गरी सो विधेयक स्वीकृत गरिएको नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यसैगरी बैठकले विज्ञापन नियमन गर्न बनेको विधेयक, २०८० पनि स्वीकृत गरेको छ । मन्त्री शर्माले बैठकमा लम्पी स्किन महामारी नियन्त्रण र पीडित किसानलाई क्षतिपूर्ति दिनेबारे पनि गम्भिरतापूर्वक छलफल भएको बताइन् ।
उनले भनिन्, ‘विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने निर्णय भएको छ । यो अर्थ मन्त्रालयको प्रस्तावमा । अर्को लामो समयदेखि प्रतिक्षारत रहेको संघीय शिक्षा ऐन जुन थियो, त्यसलाई संसदमा पठाउन आज स्वीकृति दिएको छ । त्यसैगरेर यो विज्ञापन नियमन गर्ने विधेयक, २०८० पनि स्वीकृत गरिएको छ । लम्पी स्किनलगायतका विषयमा पनि गम्भिरतापूर्वक छलफल भएको छ । ’
सरकारले विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ साउन २०८०, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?
आज साँझ मन्त्रिपरिषद् बैठक, डेडिकेटेड र ट्रंकलाइनको बक्यौताबारे छलफल हुने
सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय
मधु मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी
कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा