काठमाडौँ । फिल्म ‘राजागञ्ज’को छायांकन सुरु भएको छ ।फिल्मको शनिबारदेखि जनकपुरको रामानन्द चोकबाट छायांकन सुरु भएको हो । फिल्मका निर्देशक दीपक रौनियार हुन् ।
फिल्म जनकपुरपछि मोरङ र महोत्तरीमा छायांकन हुनेछ । फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । पोखरेलले ४० दिनको छायांकन सेडुलसहित फिल्मको छायांकन सुरु गरिएको बताए ।
फिल्ममा दयाहाङ राई, पूर्वमिस नेपाल समेत रहेकी निकिता चाण्डक, आशा मगराती, विजय बराल, घनश्याम मिश्र, पशुपति राई लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । अमेरिकी छायांकार सेल्दन चाउले छायांकन गरिहेका छन् । उनका फिल्म कान्स, लोकार्नो, सनडान्स, टोरन्टो र भेनिस फेस्टिभलमा प्रदर्शन भएका थिए ।
फिल्म समयविरुद्धको कथामा थ्रिलर तरिकाले निर्माण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ साउन २०८०, १६ : ४५
लेखकबाट थप