प्रदर्शनको तेस्रो सातामा ‘बगान’

सफल खबर संवाददाता

शुक्रबार, १२ साउन २०८०, १३ : १५
प्रदर्शनको तेस्रो सातामा ‘बगान’

काठमाडौँ । फिल्म ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्न सफल भएको छ । फिल्म उपत्यका तथा मोफसलका केही हलमा तेस्रो सातामा प्रवेश गर्न सफल भएको हो ।निर्माण युनिटले केही दिन अगाडि फिल्मको ७० लाख ग्रास कलेक्शन रिपोर्ट सार्वजनिक गरेको थियो ।

हालसम्म फिल्मले एक करोड नजिकको ग्रस कलेक्शन गरेको बताइएको छ ।अभिनेता सरोज खनालले निर्देशन गरेको फिल्ममा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय छ । निर्देशक खनालको पनि फिल्ममा मुख्य भूमिका छ ।

अभिनेत्री कार्कीले यहि फिल्मबाट अभिनयमा डेब्यु गरेकी हुन् ।  स्वप्निल नीरवको कथामा निर्माण भएको फिल्म नेपाली वेबसाइट डटकमले निर्माण गरेको हो ।‘बगान’ का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर रहेका छन् ।हरि लम्साल र सुवास भुषालको संगीत रहेको फिल्म एकल आमाहरूले देशको जुनसुकै हलमा पनि फ्रिमा हेर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस