एजेन्सी । प्राकृतिक चिकित्सा वैकल्पिक उपचार विधि हो । यो विधिबाट रोगीहरूको उपचार मात्र हुँदैन स्वस्थ जीवनशैली अपनाउनेहरूका लागि सर्वश्रेष्ठ मानिन्छ । अन्य विधिबाट ‘साइड इफेक्ट’ हुने भएकाले धेरैले पछिल्लो समय वैकल्पिक उपचार खोज्न थालेका छन् । यो विधिले प्राकृतिक रूपमै तन्दुरुस्त र निरोगी बन्न सिकाउँछ । यसले रोग निको पार्नेदेखि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । साथै शारीरिक, मानसिक एवं सामाजिक रूपमा बलियो र तन्दुरुस्त बनाउँछ । यो उपचार विधिअन्तर्गत ‘हाइड्रो थेरापी’, ‘मड थेरापी’, ‘फिजियोथेरापी’, ‘अकुपञ्चर’, ‘अकुप्रेसर’, वायु उपचार, मसाज, आहार एवं उपवास आदि पर्छन् । प्राकृतिक उपचार विधिबाट ‘नसा च्यापिएको’ रोगको उपचार कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही काठमाडौंस्थित आयुष हस्पिटलकी मेडिकल अधिकृत डा.युनिता श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंश -
नसा च्यापिनुको कारण के हो?
लामो समयसम्म एउटै आसनमा बसेर काम गर्नेहरूमा नसा च्यापिन सक्छ । नसा च्यापिनुमा गलत खानपानदेखि काम गर्ने तरिकासम्म जिम्मेवार छ । मद्यपान, धूम्रपान, धेरै निहुरेर काम गर्नुपर्ने, गह्रौं सामान उचाल्ने आदिका कारणले पनि नसा च्यापिन्छ । पछिल्लो समय धेरैमा नसा च्यापिने समस्या देखिने गरेको छ । त्यसमा पनि घाँटी र कम्मरको नसा बढी च्यापिन्छ ।
नसा च्यापिएको कसरी थाहा पाउन सकिन्छ?
नसा च्यापिँदा जुन भागमा च्यापिएको छ त्यही भागमा छुँदा पनि दुख्छ । घाँटीको नसा च्यापिएको भए हाततिर र कम्मरमा च्यापिएको भए खुट्टातिर सर्दै जान्छ र हातखुट्टा झमझमाउँछन् ।
कुन उमेर समूहकालाई यो समस्या बढी देखिन्छ ?
पछिल्लो समय १५ वर्ष उमेर समूहकालाई पनि नसा च्यापिएको छ । ३० देखि ४० वर्षसम्मकामा बढी देखिन्छ ।
किशोरावस्थामा नसा च्यापिने कारणहरू के–के हुन सक्छन् ?
किताबको भारी बोक्दा उनीहरूको ढाडको भाग कुप्रो परेर सेप नै बिग्रिसकेको हुन्छ । पछिल्लो समय बालबालिका मोबाइल एवं ल्यापटपमा बढी समय बिताउँछन् । यसो गर्दा लामो समयसम्म घाँटी झुकाउने गर्छन् । त्यतिबेला थाहा नपाए पनि यसले पछि असर पार्न सक्छ । त्यसबाहेक बालबालिकाहरू ‘प्रोसेसिङ फुड’ खाई घरभित्र धेरै बसेर पर्याप्त मात्रामा भिटामिन ‘डी’ नपाउँदा पनि उनीहरूमा यो समस्या देखिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, २१ : ५८
लेखकबाट थप