काठमाडौं। गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको तीज गीत ‘झमझम झम्काना’ गतवर्ष निकै हिट रह्यो । सोही हिट गीतका गायक/गायिकाको सहकार्य यसपटकको तीज गीतमा पनि भएको छ ।
भागिरथले बिहीवार बिहान मात्रै २०८० सालको तीज कोसेली सार्वजनिक गरेका छन् । ‘मायाले त होला’बोलको उक्त गीतमा भागिरथसँगै सुनिता बुढा क्षेत्रीको स्वर छ । गीतमा शब्द, संगीत भागिरथकै छ । एरेन्ज बिनोद बाजुरालीले गरेका छन् ।
मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा भागिरथ स्वयंम प्रस्तुत छन् । उनको जोडीका रुपमा ‘महापुरुष’ फ्रेम्ड अभिनेत्री अञ्जना बराईली प्रस्तुत छिन्।
सन्ध्या कंडेलको प्रस्तुति रहेको गीतको भिडियोलाई राजेश घिमिरेले छायाँकन, नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । भिडियो भागिरथले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, १२ : ५४
लेखकबाट थप