काठमाडौं । राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धमा ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएको छ । राष्ट्रियसभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गरेका छन ।
गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयक टेबुल भएको हो । योसँगै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार नै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गरेका छन। राष्ट्रियसभाबाट बिहीबार नै यो विधेयक पारित गर्ने तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् आइतबार बस्ने राष्ट्रियसभा बैठकका ६ कार्यसूची
आइतबार राष्ट्रियसभा बैठक, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक : ‘छाउपडीप्रथाले महिला असुरक्षित’
राष्ट्रियसभा बैठक : बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड
राष्ट्रियसभा बैठक सुचारुका लागि कार्यव्यवस्था बैठक
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित