काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई माफी माग्न आग्रह गरेका छन् । आफूहरुले समयमा नै चुनाव खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेपनि प्रमुख आयुक्त थपलियाले खर्च विवरण सार्वजनिक नगरेको भन्दै विज्ञप्ति निकालेको भन्दै माफी माग्न आग्रह गरेका हुन् ।
प्रमुख आयुक्त थपलियाले जनप्रतिनिधिको चरित्र हत्या गरेको भन्दै उनले माफी नमागे मानहानीको मुद्दा लगाउने वा महाअभियोग लगाउने चेतावनी दिए ।
‘जनप्रतिनिधिको चरित्र हत्या गर्ने गरी प्लानमा, डिजाइनमा प्रमुख आयुक्तले विज्ञप्ति जारी गर्नुभएको छ । जबकी हामीले समयमा नै खर्च विवरण बुझाएका छौं, जिल्ला निर्वाचन कार्यालयमा यसको लेखोट छ र हामीले आफ्नो फेसबुकमार्फत र सामाजिक सञ्जालमार्फत खर्च विवरण सार्वजनिक गरेका छौं ।’
प्रमुख आयुक्तले जानीजानी र कानुनको आफैं ब्याख्या गरेर जनप्रतिनिधिको चरित्र हत्या गरेको यादवले आरोप लगाए । ‘यो खेदजनक छ । त्यसैले म यो सदनमार्फत प्रमुख आयुक्तजीलाई माफी माग्न अनुरोध गर्दछु । उहाँले माफाी माग्नुभएन भने त्यस्ता प्रमुख अयाुक्तलाई बाध्य भएर कि त मानहानीको मुद्दा ठोक्नुपर्छ अथवा महामभियोग लगाउनुपर्छ’ यादवले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० साउन २०८०, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
मेलम्चीको पानी आपूर्ति: ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
काठमाडौँ उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौँ : मन्त्री यादव
खानेपानीमन्त्री यादवले सय दिनमा के-के गरे ? यस्ता छन् कार्यप्रगतिको विवरण
दसैँको समयमा फोन अफ नगर्नु होला : मन्त्री यादव
मन्त्री यादवद्वारा क्षतिग्रस्त खानेपानी प्रणाली पुनः स्थापना गर्न निर्देशन