काठमाडौं । नेपालको निजी क्षेत्र अधिक ऋण भारमा परेको गभर्नर महाप्रसाद अधिकारीले बताए । आइतबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले निजी क्षेत्रमा अधिक ऋण प्रवाह भएको उल्लेख गरे । पछिल्लो सयम गैरव्यवसायी गतिविधिका कारण बैंकहरूमा खराब कर्जा बढेको छ ।
२०८० असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रलाई प्रदान गरिएको कर्जा बक्यौता ४८ खर्ब ७७ अर्ब अर्थात् कुल गार्हस्थ्य उत्पादनको ९०.७ प्रतिशत पुग्ने अनुमान रहेको छ । २०८० असार मसान्तमा औसत कर्जा-निक्षेप अनुपात ८१.६२ प्रतिशत रहेको छ । चालू आर्थिक वर्ष २०८०/८१ मा निजी क्षेत्रतर्फ जाने कर्जा ५ खर्ब ६२ अर्बसम्मले वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
पछिल्लो २० वर्षमा बैंकिङ्ग क्षेत्रबाट औसतमा १९.४ प्रतिशतले कर्जा विस्तार भएको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जा र कुल गार्हस्थ्य उत्पादनबीचको औसत अनुपात बढ्नुका अतिरिक्त ठूला आकारको कर्जाहरूको संख्या पनि बढेको छ । तर, कर्जाको विस्तार भएअनुरूप वास्तविक क्षेत्रको विस्तार हुन सकेको छैन ।
वास्तविक क्षेत्र विस्तार नभई वित्तीय क्षेत्रको मात्र विस्तार हुँदा वित्तीय सम्पत्तिको गुणस्तर कमजोर हुन गई वित्तीय स्थायित्वमा मात्र नभएर यसले अन्ततः वास्तविक क्षेत्र तथा सरकारी वित्तमा समेत दीर्घकालीन रुपमा प्रतिकूल प्रभाव पार्न सक्ने जोखिम रहन्छ । यसकारण केन्द्रीय बैंकले कर्जाको वृद्धिभन्दा कर्जाको उत्पादनशील उपयोग बढाउने, साना तथा मझौला उत्पादनशील कर्जामा जोड दिने र कर्जाको अधिकेन्द्रीकरण घटाउनेतर्फ जोड दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्कुलको पाठ्यक्रममै वित्तीय शिक्षा समेट्न आवश्यक : गभर्नर अधिकारी
बैंकिङ प्रणालीमा अराजक गतिविधिहरू भइरहेको छ : गभर्नर अधिकारी
मौद्रिक नीतिलाई अनुसरण नगरे शिथिलता कायमै रहन्छ : गभर्नर अधिकारी
सीमाभित्र बसेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीका सुझावलाई सम्बोधन गर्छौँ : गभर्नर अधिकारी
सहकारीमा सुधार नआउँदासम्म बैंकको खराब कर्जा घट्दैन : गभर्नर अधिकारी
नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा छ : गभर्नर अधिकारी