काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विमानस्थलमा बरामद भएको सुनको मालिक पक्राउ पर्नुपर्ने बताएका छन्।
नेपाल मगर विद्यार्थी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किराँतीले सुन प्रकरणमा विगतमा भरियामात्रै प्रक्रिने गरेको भन्दै यसपटक भने सुनको मालिकलाई पक्राउ गर्नुपर्ने बताए।
उनले कसैलाई शक्तिका भरमा संविधान र न्यायभन्दा माथि बस्ने अधिकार नरहेको भन्दै भ्रष्टाचार र तस्करीलाई अन्त्य गर्न जनताले दबा दिनुपर्ने बताए। विमानस्थलमा सुन पक्रिएपछि सुदन किरातीको परीक्षा सुरु भयो भनेर भन्ने गरेको भन्दै उनले भन्सार हेर्ने निकाय अर्थ र गृहको भएको स्पष्ट पारे। उनले कुनै पनि हालतमा भ्रष्टाचार सैह्य नहुने बताए। मन्त्री किराँतीले आफू मन्त्रालयमा आएपछि नै मौलिक पर्यटनलाई बढावा दिनुपर्ने भन्दै आएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, २१ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अग्रज नेताहरु एक आपसमा मिले मात्र देशमा सुशासन सम्भव : मन्त्री किराती
निगमको गाडीमा गेयर चेन्ज भयो, अब स्पिडमा अघि बढ्छः मन्त्री किराँती