साउदी अरब र ईरानका बीच युद्ध भए, के होला ?

एजेन्सी

विहीबार, ०६ पुस २०७४, १४ : ०१
साउदी अरब र ईरानका बीच युद्ध भए,  के होला ?

रुथ अलेग्जेन्डर/बीबीसी
मंगलबार साउदी अरबको राजधानी रियादमा एउटा मिसाइल हानियो । मिसाइल हमलाको निशानामा थियो, साउदी अरबको राजमहल । जहाँ साउदी राजा सलमान बजेट पेश गरिरहेका थिए । मिसाइल आफ्नो निसानामा खस्नु अघि नै, त्यसलाई हावामै विष्फोट गराइयो ।

मिसाइल साउदी अरबको छिमेकी मुलुक यमनका हुथी विद्रोहीहरुले प्रहार गरेका थिए । तर साउदीको बुझाई छ, मिसाइलको रिमोट यमनभन्दा धेरै पर इरानको राजधानी तेहरानमा थियो । साउदी अरब  इरानको दशकौँदेखि सबै भन्दा ठूलो दुश्मन हो । साउदीसहित अरबका अन्य देशहरुको पनि यमनको शिया हुथी विद्रोहीहरुको साँचो ईरानको हातमा छ भन्ने मान्दछन् ।

रियादमा हानिएको यो मिसाइल, साउदी अरब र ईरानका बीच करिब एक शताब्दीदेखि जारी तनाबको सबैभन्दा ताजा कडी हो । हुथी विद्रोहीहरुले साउदी अरबमा मिसाइल हमला गरेको यो वर्षको तेस्रो घटना हो ।

सामरिक शक्ति
पछिल्ला दिनहरुमा पश्चिम एशियामा बढ्दै गरेको राजनीतिक घटनाक्रम हेर्दा लाग्छ साउदी अरब र ईरानबीच युद्ध नै हुन लागेको छ । यदि त्यसो हो भने, साउदी अरब र ईरानका बीच युद्ध भएमा के हुन्छ ? बीबीसीको रेडियो सिरिज छानविनमा यस प्रश्नको जवाफ खोज्ने प्रयत्न गरिएको छ ।

साउदी अरब र ईरान पश्चिम एशियाका दुई ठूला सामरिक र शासनसत्ताले युक्त देश हुन् । साथै दुबै ठूला तेल उत्पादक देश पनि हुन् । यदि दुबै मुलुकका बीच युद्ध भयो भने यसको असर समग्र विश्वमै पर्नेछ । बेलयातका माईकल नाईट अरब मामिलाका जानकार हुन् । साथै उनी ब्रिटिश सरकारको अरब मामिलाका सल्लाहाकार पनि थिए ।

उनका  अनुसार– ‘ईरान ऐतिहासिक रुपमा निकै प्रभावशाली मुलुक हो । कयौँ शताब्दीसम्म उसले अरब मुलुकहरुमा शासन गरेको छ । त्यतिबेला ईरानलाई पर्सिया भनेर चिन्ने गरिन्थ्यो । अर्को तर्फ अरब र अन्य अरब मुलुकहरुले पछिल्लो एक शताब्दीमा तेलका कारण निकै उन्नति गरेका छन् । यतिबेला अरबका यी देशहरु निकै शक्तिशाली भएर सतहमा देखा परेका छन् । यहि नै मुख्य कारण हो कि हालका दिनहरुमा ईरानको यो क्षेत्रमा प्रभाव घट्दै गइरहेको छ ।’

माइकल नाईट भन्छन्– ‘साउदी अरब र ईरानका बीच रस्साकस्सीको मूल कारण उनीहरुको धार्मिक रुझान हो । साउदी अरब सुन्नी बहुल मुलुक हो भने ईरान शिया बहुल मुलुक । त्यसैले दुबै मुलुकले आफ्ना धार्मिक साथीहरुबीच एक अर्कामा सहयोग आदानप्रदान गर्ने गर्छन् । उनीहरुले आफ्नो अनुकुलतामा त्यहाँको राज्यसत्तालाई सघाइरहेका हुन्छन् । यसको मुल कारण विरोधीहरुका बीच आफ्नो दबाब कायम राख्नु हो । यो कुरा ईरान र साउदी अरबका बीच तिक्तताको एउटा महत्वपूर्ण कारक हो ।’

पछिल्ला केही बर्षहरुमा ईरान, साउदी अरबमाथि केही हावी भएको देखिन्छ । अन्य कई अरब देशहरुमा ईरानको प्रभाव बढी रहेको छ । ईरानले ईराकमा आफ्नो प्रभाव विस्तार गरिसकेको छ । सीरिया र लेबनानमा पनि ऊ निकै बलियो देखिएको छ । त्यसैगरी यमनका हुथी विद्रोहीहरुलाई पनि उसले सहयोग गरिरहेको साउदीको आरोप छ ।

त्यसो त अमेरिकी सरकारको नेतृत्वमा रहेको उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) ले साउदी अरबसहितका मुलुकहरुमा आफ्नो सैन्य सहयोग जारी राखेको छ । जस्तै, ईराकमा अमेरिकी सरकारको नेतृत्वमा नेटोले हमला गरेर छतविच्छद् पारेपछि ईरान त्यहाँ प्रभावशाली भयो । त्यस्तै सीरियामा बसर अल असदको सरकार ढाल्न आर्थिक र सैन्य सहयोग गर्दै गरेको अमेरिकी सरकारको विकल्पमा ईरानले त्यहाँको असद सरकारलाई सहयोग गरि रह्यो जुन अहिले पनि जारी छ ।

माईकल नाईटका अनुसार अरब क्षेत्रमा ईरानको प्रभाव घटाउँदै अमेरिकी सरकार आफ्नो प्रभाव विस्तार गर्न चाहन्छ । तर ऊ विभिन्न ठाउँमा आफै अल्झिएकाले मित्र राष्ट्रहरु जस्तै फ्रान्स, ब्रिटेन आदिको सहयोग हुँदाहुँदै पनि उसले त्यस क्षेत्रमा आफूलाई व्यवस्थित गर्न सकेको छैन । त्यसो त ईरानलाई रसियाको साथ रहेको पनि विश्वास गर्ने गरिन्छ ।

अर्को तर्फ अरब देशहरुले ईरानको शिया रेबुलुस्नरी गार्डस् जसलाई ईरानको विशेष सैन्य दस्ताको रुपमा बुझ्ने गरिन्छ आफ्नो सेनाझैँ ठान्छन् । ईरानको यो सैन्य दस्तासँग सुन्नी अरब डराउने गर्छ ।

शिया, सुन्नी र रिभल्युसनरी गार्ड :
माईकल नाईटका अनुसार– ‘साउदी अरब र ईरानका बीच भलै औपचारिक युद्ध नभएको होस् तर पनि दुबै देश कयौँ मोर्चामा युद्धरत छन् । यसको सबैभन्दा ठूलो उदाहरण हो यमन । जहाँ साउदी अरबको अगुवाईमा अन्य कयौँ मुलुकहरुका सेना हुथी विद्रोहीहरुसँग युद्धरत छन् । त्यसका विरुद्ध हुथी विद्रोहीहरुलाई ईरानको सहयोग जारी छ । साउदी अरब, यमनमा लगातार हवाई हमला गरिरहेको छ । तर उसले निर्णायक जीत हासिल गर्न सकिरहेको छैन् । यमन युद्धको मुख्य कारण भने त्यहाँ कसलाई सत्तामा बसाउने भन्ने दुई देशको होड हो । साउदीको पछाडि अमेरिकी नेतृत्वको नेटो छ भने ईरानको पछाडि रसिया रहेको विश्वास गरिन्छ ।’ यमनसँग सँगै सीरियामा पनि साउदी अरब र ईरान भिन्दाभिन्दै गुटहरुमा विभाजित छन् ।

लेबनानमा ईरान समर्थित हिजबुल्लाह गुट निकै शक्तिशाली छ । त्यहाँ पनि साउदी अरबले सुन्नीहरुलाई साथ दिन्छ । ईराकमा पनि ईरान र साउदी अरबका बीच कसले आफ्नो प्रभाव बढाउने भन्नेमा होडवाजी छ । ईराकको सरकारले ईस्लामिक स्टेटमाथि विषय हासिल गर्नुमा ईरानको रेभल्युसनरी गार्डस्को निकै ठुलो हात भएको मानिन्छ । तर ईराकको ईस्लामिक स्टेटलाई फेरी साउदी अरेवियाले साथ दिइरहेको विश्वास गरिन्छ ।

यसैगरी सानो मुलुकका रुपमा रहेको बहराइनमा पनि साउदी अरब र ईरान एक अर्काको आमुन्ने सामुन्ने छन् । बहराइन शिया बहुल मुलुक हो । तर यहाँका शेखहरु भने सुन्नी सम्प्रदायका रहेका छन् । साउदी अरब त्यहाँका राजाहरुसँगको साथमा छ भने ईरान बहराईनको सरकार विरोधी विद्रोही समूहसँग साथमा उभिएको छ ।

माईकल नाईटको कुरालाई आधार मान्ने हो भने यी दुबै मुलुकको बीचमा शीत युद्धको अवस्था रहेको छ । जसले कुनै पनि बेला विष्फोटको रुप लिन सक्नेछ । एन्थनी कोडिसमन अमेरिका र नेटोको अरब मामिलाका सल्लाहाकार रहिसकेका व्यक्ति हुन् । उनको बुझाईमा ईरान र साउदी अरबका बीच एउटा सानो झिल्को पनि युद्धका लागि प्रेरक हुन सक्छ, जुन आगामी दिनहरुमा ठूलो युद्धमा परिणत हुन सक्ने हुन्छ । उनी केमा पनि विश्वास गर्छन् भने यदि युद्ध भयो भने यो युद्ध निकै लामो समयसम्म चल्न सक्छ ।

यतिभन्दा भन्दै पनि एन्थनीको बुझाईमा यी दुबै मुलुकहरु भुई युद्धमा निकै कम आमुन्ने सामुन्ने देखापरेका छन् । तर, हवाई युद्ध भने भयंकर हुनसक्छ । यस्तोमा हवाई हमलामा हालका लागि साउदी अरब ईरानभन्दा बलियो देखिएको छ ।

उनी भन्छन्– ‘ईरानसँग ७० र ८० को दशकको लडाकु विमान छ । ईरानले यसको निकै राम्रो हेरविचार गरेर राखेको छ । साथै ईरानसँग केही रुसी लडाकु विमानहरु पनि छन् जुन ८० को दशकमा खरिद गरिएको थियो । यीनै विमान नै ईरानको एयरफोर्सको प्रमुख शक्ति हो ।’

उता साउदी अरबको वायुसेनासँग भने अमेरिकामा खरिद गरिएको जैसे एफ–१५ र एफ–१६, बैल्याक टोरनेडो जस्ता विमानहरु छन् । भन्नुको अर्थ हवाई हमलामा साउदी अरब निकै हावी भएको देखिन्छ । जबकी ईरानसँग साउदीको भन्दा निकै शक्तिशाली मिसाईल र ड्रोन रहेका छन् । जसले साउदी अरबको महत्वपूर्ण शहरलाई त्यसको निशाना बनाउन सक्छ ।

युद्ध भएमा तेल आपूर्ति के हुन्छ ?
एन्थनीका अनुसार यदि दुई देशका बीच युद्ध भयो भने इजराईल पनि ईरान विरोधी खेमामा गएर मिसिनेछ । अरब युद्धमा ईजराईल र ईरानको सहभागिताले रुसलाई पनि आकर्षित गर्नेछ । साउदी र ईरानको युद्धमा अमेरिकी र नेटोले पनि स्थान पाउनेछ ।

मेरी कोलिन्स अमेरिकाकी जोन हापकिंस इन्सटीट्यूटमा जोडिएर काम गर्ने गर्छिन् । उनले कयौँ बर्षसम्म अमेरिकी रक्षा मन्त्रालयमा काम गरेको अनुभव संगालेकी छन् । मेरीका अनुसार ईरान र साउदी अरबका बीच युद्धमा अमेरिका निश्चितरुपमा युद्धमा सामेल हुन्छ । फारसको खाडीमा अवस्थित होर्मुज जल सन्धीबाट विश्वको तेलको कारोबार हुने गर्छ । युद्ध भएमा यहाँबाट हुने सप्लाई रोकिनेछ । जसको प्रभाव पुरै विश्वलाई पर्नेछ ।

विज्ञहरुका अनुसार यदि ईरान र साउदी अरब युद्धमा होमिए भने, यसले अमेरिका, रुसलाई पनि युद्धमा निम्त्याउने र सँगसँगै समग्र विश्वमै संकटमा पर्ने अनुमान गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस