काठमाडौं । सांसद डा. स्वर्णिम वाग्लेले मौद्रिक नीतिलाई धेरै भारी बोकाउन नहुने बताएका छन् । उनले पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स दुवैमा समस्या रहेको भन्दै मौद्रिक नीतिलाई मात्र धेरै भारी बोकाउन नहुने बताए ।
प्राइभेट फाइनान्स उत्पादनमा केन्द्रित भएर अन्य क्षेत्रमा केही कसिलो हुनुपर्ने भन्दै उनले त्यसले राजस्वमा भने दबाब पार्न नहुने बताए । उनले विगतका पोलिसीले ल्याएका प्रभावको विषयमा पनि नेपाल राष्ट्र बैंकले बताउनु पर्ने बताए ।
मौद्रिक नीति प्राविधक हो भन्नु भन्दा पनि यसबारे आम नागरिकलाई बुझाउनु जरूरी रहेको उनको भनाइ छ । प्राइभेट फाइनान्समा जनताको अवस्था सहज नभएको भन्दै उनले निजी क्षेत्रको कर्जा जीडीपी बराबर रहेको बताए । यो विकशित देशकै अनुपातमा रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यका शक्ति पृथकीकरणमा विश्वास छ, सत्य स्थापित हुन्छ : रवि लामिछाने
रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ : उपसभापति वाग्ले
विदेशी मुद्रा सञ्चिति राम्रो छ, नेपालबाट विदेशमा लगानी खोलौँ : डा. स्वर्णिम वाग्ले
नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधारको जग बसाल्यो : डा. स्वर्णिम वाग्ले
संसदमा गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले असंसदीय काम गर्यो : स्वर्णिम वाग्ले
रास्वपा संघीयताविरोधी पार्टी होइन : स्वर्णिम वाग्ले