काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनताको अपेक्षा अनुसार सेवा प्रवाहको कामलाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन्।
उपराष्ट्रपति यादवले नेपालका प्रशासन, व्यवस्थापन र कर्मचारी संयन्त्रमा सुनिने गरिएका गुनासो, विकृति, विसंगतिको अन्त्यका लागि पनि जनमुखि सेवा प्रवाहको कामलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यक्ता रहेको बताए।
नेपाल जन–प्रशासन संघले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पका साथ अघि बढनु पर्ने समेत स्पष्ट पार्नुभयो । मुलुक डिजिटल युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले सोही अनुरुपको जनशक्ति परिचालन गर्दै आफ्नो सेवा प्रवाहलाई थप सुदृढ, परिष्कृत, परिमार्जन अघि बढनै पर्नेतर्फ पनि तीन वटै तहका सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
उनले जनताको सेवा प्रवाहको कामलाई सहज, सरल, प्रभावकारी र पारदर्शी बनाउन पनि नेपाल जन प्रशासन संघले उनीहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक प्रशिक्षणको व्यवस्था गर्नुपर्ने बताए ।
उपराष्ट्रपति यादवले मुलुकमा सदाचार, इमान्दारिता, जवाफदेहिता, पारदर्शिता अभिवृद्धि गर्नका लागि नेपाल जन प्रशासन संघले पैरवी र वकालतको कामलाई पनि तीव्रता दिने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा मुलुकको प्रशासन र व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकाहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना
कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकता : उपराष्ट्रपति यादव
आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव
अमेरिकी उपराष्ट्रपति वान्सको सम्बोधनपछि किन छायो सन्नाटा ?
सार्क महासचिवलाई उपराष्ट्रपतिले भने : सार्क सम्मेलन छिट्टै होस्
विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव