काठमाडौं । नेपाली कांग्रेसका मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव अनलाइन सिस्टमबाट सदस्यता लिने व्यवस्थामा गए मधेशका कांग्रेस सकिने चिन्ता व्यक्त गरेका छन्।
केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा मधेशमा संगठन जिरो भएको बताए। मधेशमा नेविसंघ र युवाहरूको पकड नभएको उल्लेख गर्दै बुढाहरूले मात्रै पार्टी नचल्ने बताए।
उनले प्रदेशलाई बाइपास गरेर सबै जिम्मेवारी जिल्लालाई मात्रै दिने भए खारेज गर्न चेतावनी दिए। उनले भने, ‘अनलाइन सिस्टम राम्रो छ। डिजिटल कांग्रेस हुनुपर्छ तर मलाई अलिकति डर लागेको छ। अनलाइन सिस्टमबाट गयो भने कांग्रेसलाई सिध्याउने खेल हुन्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डको राजनीतिक प्रस्तावमा छलफल जारी
रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
काँग्रेस केन्द्रीय समिति बैठक सुरु, महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी
रास्वपा केन्द्रीय समितिको बैठक सुरु
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक