काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा)ले मानुषी यमी भट्टराईको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन गरेको छ।
विभागले पार्टी संगठनका अभिलेख डिजिटलाइन गर्ने, पार्टीको संगठन विस्तारलगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक प्रविधिको प्रयोग गर्न योजना बनाउने काम गर्ने बताइएको छ।
पार्टीबारे सूचना, जानकारी र पार्टीको गतिविधि वेबसाइट, सामाजिक सञ्जाललगायतमा सम्प्रेषण गर्ने, पार्टी र जनताबीच पहुँचयोग्य, सरल दुईतर्फी सञ्चार निर्माण गर्ने, पार्टीभित्रको आन्तरिक सञ्चार सहज, व्यवस्थित र स्मार्ट बनाउन विभागले काम गर्नेछ।
नेसपाले साउन १ गतेदेखि संगठन सुदृढीकरण अभियानसमेत सञ्चालन गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि
नेसपाले फेर्यो पार्टीको नाम र झण्डा
वायु प्रदूषण नियन्त्रण माग गर्दै नेसपाले गर्यो प्रदर्शन
नेसपाको महिन्द्र पक्षले बोलायो आकस्मिक बैठक
नेपाल समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक बस्दै