शेर्पा गैरआवासीय राजदूत नियुक्त

रासस

बुधबार, २३ साउन २०७५, १५ : ३६
शेर्पा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्टेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई गणतन्त्र फिजीको राजदूतका नियुक्त गरेकी छन् ।

त्यसैगरी उनले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याल र प्रकाशकुमार सुवेदीलाई क्रमशः लिबिया र स्लोभेनियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले नियुक्ति गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस