एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले संयुक्त राज्य अमेरिकासँग वार्ता नहुने बताएकी छन्। शक्तिशाली एवम् प्रभावशाली व्यक्तित्व उनी वार्ताको विचारलाई दिवास्वप्न भन्छिन्।
आणविक प्रतिरोधसम्बन्धी पहिलो अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको बैठकको पूर्वसन्ध्यामा उनकी बहिनीको यो भनाइ सार्वजनिक भएको हो।
उत्तरविरुद्धको अमेरिकी-कोरियाली सैन्य गठबन्धनले वार्तालाई असम्भव बनाएको उनी बताउँछिन्।उत्तर कोरियाले गत साता अहिलेसम्मकै सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेर शृङ्खलाबद्ध परीक्षणलाई निरन्तरता दिइरहेको छ।
अमेरिकाले प्योङयाङले निरन्तर गरेका त्यस्ता परीक्षणलाई सामान्य भन्दै त्यसबाट आश्चर्यचकित हुननपर्ने बताएको छ।
उत्तरको हतियार परीक्षणको जवाफमा सोल र वासिङ्गटनले रक्षा सहयोगलाई सघन बनाएका छन् भने संयुक्त सैन्य अभ्यास पनि गर्दै आएका छन्।अमेरिका र दक्षिण कोरियाबीच मंगलबार सोलमा आणविक परामर्शदाता समूहको बैठक हुँदैछ।
कोरियाली राष्ट्रपति कार्यालयका अनुसार उत्तर कोरियाविरुद्ध आणविक प्रतिरोधलाई बलियो बनाउने बैठकको मुख्य लक्ष्य भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ साउन २०८०, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आणविक युद्धको जोखिम अहिले जस्तो चरम कहिल्यै थिएन : कीम