पाँच बैंकले ब्याजदर बढाए

पत्रपत्रिकाबाट

सोमबार, ०१ साउन २०८०, ०७ : ४५
पाँच बैंकले ब्याजदर बढाए

काठमाडौ । आपसी  समझदारीमा  समान  ब्याजदर  निर्धारण  गर्दै आएका वाणिज्य बैङ्कहरूले साउनदेखि भने आफ्नै अवस्था अनुसार ब्याजदर निर्धारण गरेका छन् ।

साउन १  देखि  लागु  हुने  गरी  वाणिज्य  बैङ्कहरूले  निर्धारण  गरेको बचतको नयाँ ब्याजदर अनुसार पाँच बैङ्कले ब्याज बढाएका छन् भने नौ वटाले घटाएका छन् । छ बैङ्कले भने स्थिर राखेका छन् । सार्वजनिक विवरण अनुसार मुद्दती निक्षेपमा औसत ब्याजदर घटेर ९.७२ कायम भएको छ ।

मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज एनएमबी बैङ्कले १०.९८ प्रतिशत निर्धारण गरेको छ भने संस्थागतमा ७.९९ प्रतिशत तोकेको छ । त्यसपछि प्राइम कमर्सियल बैङ्कले मुद्दती  निक्षेपमा  व्यक्तिगत  तर्फ  १०.९३  र  संस्थागततर्पm  ८.४९ प्रतिशत निर्धारण गरेको छ । एनआइसी एसियाले पनि १०.९३ प्रतिशत निर्धारण गरेको छ ।

कुमारीले व्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागतलाई ७.५१ प्रतिशत निर्धारण गरेको छ । १५ विभिन्न बैङ्कले मुद्दतीको ब्याजदरलाई एकल बिन्दुमै सीमित गराएका छन् । मुद्दतीमा सबैभन्दा कम निर्धारण गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको ८.९५ प्रतिशत रहेको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, ग्लोबल आइएमई बैङ्क, लक्ष्मी सनराइज बैङ्क, नेपाल एसबिआई बैङ्क, हिमालयन बैङ्क र सिटिजन्स बैङ्कले मुद्दती निक्षेप ब्याजलाई ९.९९ प्रतिशत कायम गरेका छन् । गोरखापत्रमा खबर छ ।