काठमाडौं । नेपाल भलिबल संघले राष्ट्रिय टिमको कप्तानबाट हरिहजुर थापालाई बर्खास्त गरेको छ । थापाले कप्तानको भूमिका राम्रोसँग निभाउन नसकेको भन्दै संघले कप्तानबाट हटाएको हो ।
गत सोमबार पनि दशरथ रंगशालास्थित कभर्ड हलमा भएको गण्डकी विरुद्ध आर्मीबाट थापा खेलेका थिए । सोही दिन आर्मीका खेलाडीले दर्शकलाई कुटपिट समेत गरेका थिए ।
घटनापश्चात गठित छानबिन समितिले थापालाई कप्तानबाट हटाउने निर्णय गरेको हो । उनले कप्तानको भूमिका राम्रोसँग निभाउन नसकेको र उनी कर्तव्यबाट विमुख भएको संघको ठहर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, १२ : ३८
लेखकबाट थप