काठमाडौ । आइएमई लाइफ इन्सुरेन्सको आइपीओ शनिबार (असार ३० गते) बाँडफाँट भएको छ ।
यसमा गोलाप्रथामार्फत ९ लाख ६० हजार जना सर्वसाधारण आवेदकहरुले सेयर पाएका छन् । यो आइपीओमा कुल ११ लाख ९५ हजार ९३२ जनाले आवेदन दिएकामा ११ लाख ८८ हजार ९९६ जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले असार २१ गतेदेखि २५ गतेसम्म अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३६.९१ रुपैयाँको दरले सर्वसाधारणलाई कुल ९६ लाख कित्ता सेयर बिक्री गरेको थियो ।
कम्पनीले कुल १ करोड २० लाख कित्तामध्ये १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई यसअघि नै बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, आइएमई लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ असार २०८०, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्दै
सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
आइपीओ जारी गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावर
विद्युत् प्राधिकरण ६० अर्ब बराबरको आइपीओ बिक्री गर्दै