काठमाडौ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समितिले शिशु प्रदर्शनी कार्यक्रमको आयोजना गरेको छ
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा भदौ १ गते शुक्रबारका दिन बिहान ९ बजे शिशु प्रदर्शनी हुन लागेको हो ।
त्यसका लागि सो अस्पतालमा जन्मेदेखि १ वर्ष सम्मका बालबालिकाहरूलाई अभिभावकले सहभागी गराउन सक्ने सूचनामा उल्लेख छ ।
इच्छुक अभिभावकहरूले असार २५ देखि २४ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
शिशु प्रदर्शनीमा उत्कृष्ट हुने शिशुहरूलाई भदौ २० गते बुधबारका दिन अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पुरस्कार र प्रमाणपत्र दिइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असार २०८०, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहरमा नवजात शिशुको शव भेटियो
धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो
ललितपुरको च्यासल मैदान नजिकै शिशुको शव
केएमसीमा ४२ दिनको शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया