काठमाडौँ । संसद्को गतिरोध अन्त्य भएको छ । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल कमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेपछि संसद् अवरोध खुल्ने भएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले तीन नेताको छलफलपछि संसद्को गतिरोध अन्त्य भएको बताए । उनले भने, ‘आज तीन बजे बैठक बस्छ । प्रधानमन्त्रीजीले आफ्नो धारणा राख्नु हुन्छ ,’ उनले भने । प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको थियो ।
प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग गरेको थियो ।बैठकपछि एमाले अध्यक्ष ओलीले भने सञ्चारकर्मीहरुसँग ‘भरे देख्नुहुन्छ’ भन्ने छोटो प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ असार २०८०, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्मा उठ्यो पांग्रा छाड्ने विमानको विषय, छानबिन आयोग गठन गर्न माग
संसद्मा हंगामा गरेपछि आम आदमी पार्टीका १३ सांसदलाई विधानसभाबाट निकालियो
कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन : योगेश भट्टराई
संसद्को कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक
संसद्को दुवै सदनको कार्यसूचीमा छैन अध्यादेश