काठमाडौँ । राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ । एमालेको अवरोधका कारण स्थगित हुँदै आएको बैठक पुनः आइतबारका लागि तय भएसँगै संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको हो ।
बैठकमा निवियोजन विधेयक, २०८० का विभिन्न शीर्षकहरुमध्ये मन्त्रालयको विनियोजन शीर्षकहरुमाथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
जसअनुसार स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिञ्चाइ, खानेपानी, अर्थ, श्रम तथा रोजगार, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, कृषि, गृह, रक्षालगायतका मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ असार २०८०, १४ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभा बैठक बिहिबार सवा १२ बजेसम्मका लागि स्थगित
राष्ट्रियसभा बैठक पनि अवरुद्ध
दलितको घर भत्काइएको घटना : छानबिन गर्न संसदीय समिति गठनको माग
राष्ट्रियसभाको बैठक आइतबार बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
राष्ट्रियसभा बैठक सुरु, यस्ता छन् कार्यसूची
राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित