काठमाडौं । नागढुङ्गामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा ४ ख ६३ ६४ नम्बरको ट्रक चालक नुवाकोटको ककनी गाउँपालिका ३ का २० वर्षीय कृष्ण बहादुर तामाङ, लु २ ख १७ ७६ नम्बरको मिनी ट्रक चालक पर्वतको जलजला गाउँपालिका ८ का २५ वर्षीय डमबल सार्की, बागमती प्रदेश०२-०२५ च ९० ५५ नम्बरको पिक अप चालक धादिङको गजुरी गाउँपालिका ५ का २५ वर्षीय संजय राई रहेका छन् ।
यसैगरी बागमती प्रदेश ०३-००१ च १५ ४९ नम्बरको पिक अप चालक चितवनको भरतपुर महानगरपालिका ११ का २८ वर्षीय गोविन्द कुमाल, बागमती प्रदेश ०३ -००१ च ११ ३६ नम्बरको पिक अप चालक मकवानपुरको थाहा नगरपालिका ३ का २९ वर्षीय रमेश खत्री र बा २० च ७१ २८ नम्बरको कार चालक काठमाडौंको बालुवाटारका ३० वर्षीय सम्राट प्रसाईँ पनि पक्राउ परेका छन् । नियन्त्रणमा लिएका ६ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोटमा राखिएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो, ट्राफिक प्रहरी प्रभाग नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले आज २५ वटा सवारी साधनका चालकलाई चेक गर्दा ६ जनाले लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, २० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ