काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायुमास ओभलमा भइरहेको फाइनलमा टसा जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन जोड्यो।
नेपालका लागि शीर्षक्रमका ब्याटर नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले । ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए ।
ओपनर सूर्यान्सु कोइराला १८ रन, सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार ५ रनमा आउट भए ।
मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र मलेसियाका लागि राजदूत नियुक्त
मलेसिया सरकारले बढायो श्रमिकको पारिश्रमिक
मलेसियामा दुर्घटनामा परी रौतहटका एक युवकको मृत्यु
मलेसियाको सर्वोच्च अदालतबाट राज्यले बनाएको एक दर्जन सरिया कानुन खारेज