गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबै नेतामा हुँदैन् : डा शशाङ्क कोइराला

सफल खबर संवाददाता

सोमबार, १८ असार २०८०, १२ : ०३
गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबै नेतामा हुँदैन् : डा शशाङ्क कोइराला

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं सांसद डा.शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइराला जस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता विरलै मात्र भेटिने बताएका छन  ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा सोमबार विपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वमहामन्त्री कोइरालाले गिरिजाप्रसाद कोइरालाको जस्तो साहस र निर्णय क्षमता सवै नेतामा नहुने बताए । शशाङ्ककले भने –‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन् । उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो ।’ गिरिजाप्रसाद कोइराला कै कारण दोश्रो जनआन्दोलन सफल भएको बताउँदै नेता शशाङ्ककले दोश्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको उल्लेख गरे ।

उनले रक्तदान जस्तो सामाजिक काम सबैले गर्नुपर्ने बताए । उनले २०४६ सालको जन आन्दोलन चरमोत्कर्षमा पुगेका बेलामा रगत अभाव भएपछि आफूले महाराजगञ्जस्थित त्रिभुवनविश्व बिद्यालय शिक्षण अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरेको स्मरण पनि गरे । रक्तदान भनेको जीवन दान भएको बताउँदै यस्ता सामाजिक काममा नेपाली कांग्रेसका नेता कार्यकर्ताले प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा केन्द्रीय सदस्यहरू सञ्जय गौतम, उर्मिला थपलिया, प्रतिनिधिसभा सदस्य दीपक खड्का र सिता मिजारको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस