मुलुकी संहितासम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभाबाट पारित

सफल खबर संवाददाता

शुक्रबार, १५ असार २०८०, १६ : ०४
मुलुकी संहितासम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाबाट मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ लाई पारित गरेको हो । 

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भनेर राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।