चितवनमा महानगरस्तरीय पेट्रोलियम मजदुर इकाई गठन

सफल खबर संवाददाता

शनिबार, १९ साउन २०७५, १९ : १४
चितवनमा महानगरस्तरीय पेट्रोलियम मजदुर इकाई गठन

भरतपुर । अखिल नेपाल पेट्रोलियम मजदुर संघको ११ सदस्यीय महानगर स्तरीय इकाई गठन भएको छ । हरिभक्त अधिकारीको अध्यक्षतामा भरतपुर महानगरस्तरीय कमिटि गठन भएको हो । उपाध्यक्षमा यादव पोखरेल, सचिवमा प्रेम बहादुर मल्ल ठकुरी, सहसचिवमा अजय चौधरी, कोषाध्यक्षमा सागर पौडेल चयन भएका छन् ।

यस्तै सदस्यहरुमा विनु तामाङ, संदिव मैनाली, मनिषा चेपाङ, श्याम लामा, हरिबहादुर तामाङ, अजिव कुँवर चयन भएका छन् । भेलाले महानगरस्तरीय कमिटि गठन गरेको हो । सो बैठकमा अखिल नेपाल पेट्रोलियम मजदुर संघका जिल्ला अध्यक्ष इश्व्र छत्कुली, नेकपाका इश्वर सापकोटा, अखिल नेपाल ट्रेड यूनियनका जिल्ला अध्यक्ष यदुमणी कँडेल, पेट्रोलियम मजदुर संघका प्रदेश उपाध्यक्ष सनद श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

भेलामा सरकारले निर्धारण गरेको न्यूनतम पारीश्रमिक समेत नपाएको गुनासो मजदुरले गरेका थिए । पेट्रोलियम मजदुर संघका जिल्ला अध्यक्ष इश्वर छत्कुलील पेट्रोल पम्प सञ्चालकलाई कम्तिमा न्यूनतम पारीश्रमिक व्यवस्था गर्न अनुरोध गरिने बताए । उनले छिटै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपाल आयल निगम, पेट्रोलियम डिलर्स एशोसियसनमा तलब समायोजनका गर्न ज्ञापनपत्र बुझाइने बताए ।

भरतपुर महानगर क्षेत्रमा २७ वटा, अन्यत्र ५३ वटा पेट्रोल पम्प छन् । प्रत्येक पेट्रोल पम्पमा ५ देखि १५ जनासम्म पेट्रोलियम मजदुर कार्यरत छन् । जिल्लामा १ हजारको हाराहारीमा पेट्रोल पम्पमा काम गर्ने कर्मचारी छन् । “तलब पनि सरकारी मापदण्ड भन्दा धेरै रहेको गुनासो आएका छन्”, अध्यक्ष छत्कुलीले भने, “भत्ता, चाडवाड खर्च लगायतका अन्य सेवा नपाएको अवस्था छ, यो अवस्था अन्त्य गर्न संघ लाग्ने छ ।” अधिकांस पेट्रोलियम मजदुरले ८ घण्टा बढी काम गर्नुपर्ने, ९ देखि १२ हजारसम्म मात्रै तलब पाउने गरेको पाइएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस