विराटनगर । कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक सुरू भएको छ ।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची छ । सरकारमा रहेका माओवादी र जसपाले समर्थन फिर्ता लिसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
९२ सांसद रहेको कोशी सांसदमा बहुमतका लागि ४७ सांसद चाहिन्छ । सत्तारुढ घटक एमाले र राप्रपासँग ४६ सांसद छन् । नेपाली कांग्रेसका २९, नेकपा माओवादीका (सभामुखसहित) १३, नेकपा एसका ४ र जसपाका १ गरी विपक्षी गठबन्धनसँग ४७ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असार २०८०, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाको विशेष अधिवेशन दिउँसो १ बजे बस्ने
कोशी प्रदेश सभा : एक वर्षमा २० करोड ५४ लाख खर्चिएर ८ वटा कानून निर्माण