काठमाडौँ । नेपाल बैंक लिमिटेडमा क्रियाशील ट्रेड युनियन नेपाल बैंक कर्मचारी युनियनको तेस्रो केन्द्रीय अधिवेशन आषाढ ८ र ९ गते काठमाडौँको बुढानीलकण्ठस्थित होटल पबेरामा सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष, पूर्वमन्त्री बुद्धिमान तामाङको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो ।
उक्त अधिवेशनबाट अनिल तामाङ योञ्जनको अध्यक्षतामा २९ सदस्सीय केन्द्रीय कार्य समिति चयन गरिएको छ । सो कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ, उपाध्यक्ष लोकनाथ ढकाल, महासचिव भोलानाथ पौडेल, सचिव कल्पना पराजुली, सह–सचिव मात्रिका भट्टराई, कोषाध्यक्ष सञ्जीव खतिवडा, सह–कोषाध्यक्ष सन्तोष श्रेष्ठ तथा केन्द्रीय सदस्यहरूमा सुमन श्रेष्ठ, अनिता कायस्थ, हरि सुन्दर कुसी, सुन्दर कुमार पाल, गोपाल कर्ण, ख्याम बहादुर राना, प्रवीण खतिवडा, विकाश नेपाली, दीपेन्द्र कार्की, सृजन कपाली, रजु पोडे र राजेन्द्र देउला निर्वाचित भएका छन् । सो कार्यसमितिको कार्यकाल आगामी ४ वर्ष रहने जनाएको छ ।
उक्त केन्द्रीय अधिवेशनले ट्रेड युनियनको भावना र मर्मलाई वास्तविकताका परिवर्तन गर्न तथा ट्रेड युनियनको उत्पादकत्वमा अभिवृद्धि गर्ने उद्देश्यका साथ छरितो कार्यकारी समितिको परिकल्पना गरेको छ । साथै उक्त अधिवेशनले युनियनको विधान संशोधन मार्फत एक व्यक्ति एक पदको अवधारणालाई आत्मसाथ गरेको छ । सो केन्द्रीय अधिवेशनले युनियनको सार्थकता र प्रभावकारितामा स्तारोन्नति गर्ने अभिप्रायले नेतृत्वमा समेत व्यापक हेरफेर गरेको छ ।
नव निर्वाचित केन्द्रीय अध्यक्षले नेपाल बैंक लिमिटेडको प्रधान कार्यालय परिसरमा रहेको युनियनको सभाहलमा आषाढ ११ गते युनियनको विधान बमोजिम निर्वाचन अधिकृत जितेन्द्रबहादुर खड्कासँग र अन्य पदाधिकारीहरूले नव निर्वाचित अध्यक्ष अनिल तामाङ योञ्जनसमक्ष शपथ ग्रहण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०८०, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता
नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना
नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालयबिच बैंकिङ कारोबार सम्झौता