काठमाडौं । नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदुत पार्क ताइयोङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन ।
सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा उनिहरुको भेटवार्ता भएको हो । भेटघाटका क्रममा दुई देशको सम्बन्धका बारेमा विस्तृत रुपमा छलफल भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । अध्यक्ष तिमिल्सिनाले अहिले गरेको भेटले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ उचाईमा पु¥याउने, सहयोगका क्षेत्रहरु फराकिलो बनाउने नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा जोड दिएको बताए।
उनले नेपाल एयरलाइन्सले अब कोरियामा उडान भर्नुपर्ने विषयमा पनि छलफल भएको र दक्षिण कोरिया उडानले आवागमनमा सहज हुने विश्वास रहेको बताए ।राजदुतसँगको भेटमा अनुभवहरुको आदानप्रदानका बारेमा पनि छलफल भएको अध्यक्ष तिमिल्सिनाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असार २०८०, १३ : १६
लेखकबाट थप