आदिपुरुषबाहेक अन्य भारतीय चलचित्र प्रदर्शन गरिने

सफल खबर संवाददाता

शुक्रबार, ०८ असार २०८०, १५ : २१
आदिपुरुषबाहेक अन्य भारतीय चलचित्र प्रदर्शन गरिने

काठमाडौं । उच्च अदालत पाटनको आदेशसँगै नेपाल चलचित्र संघले आदिपुरुषबाहेक अन्य भारतीय चलचित्र प्रदर्शन गर्ने निर्णय गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले आदिपुरुषबाहेक अन्य भारतीय चलचित्र प्रदर्शन गर्ने जानकारी दिएको हो । विज्ञप्तिमा शुक्रबारबाटै नेपालभर फिल्म प्रदर्शन गर्ने पनि भनिएको छ ।

संघका महासचिव नरेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आदिपुरुषबाहेक अन्य स्वदेशी तथा विदेशी चलचित्रहरु आजैका मितिदेखि नेपालभर प्रदर्शन गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस