पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक

सफल खबर संवाददाता

शुक्रबार, ०८ असार २०८०, १० : १९
पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्यश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ ।

 

उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनको, श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन् ।  उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस