८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्छ : बाबुराम भट्टराई

सफल खबर संवाददाता

विहीबार, ०७ असार २०८०, १९ : ०७
८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्छ : बाबुराम भट्टराई

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्ने बताएका छन् । रास्वपाको स्थापना भएको एक वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा भट्टराईले ८४ सालको चुनावमा नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्ने बताएका हुन् । समाजवादी मोर्चामा सहभागी नभएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा भट्टराईको यस्तो धारणा आएको हो । 

उनले अबको नयाँ एजेण्डा सम्बोधन गर्न नयाँ पार्टी चाहिन्छ भनेर पहल गर्नेमा आफू रहेको र नयाँ शक्तिका रुपमा रास्वपा अगाडि आएकोमा आफू अत्यन्त खुसी भएको जिकिर गरे ।

त्यस्तै भट्टराईले लोकतन्त्रमा बिचार फरक र प्रतिष्पर्धा हुन सक्ने भएपनि नेपालीले चाहेको नयाँ पन नै भएको उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस