भ्वाइलेन्सका दृश्य रहेको भन्दै रोकियो चलचित्र परस्त्रीको सेन्सर पास

सफल खबर संवाददाता

बुधबार, ०६ असार २०८०, ११ : ४१
भ्वाइलेन्सका दृश्य रहेको भन्दै रोकियो चलचित्र परस्त्रीको सेन्सर पास

काठमाडौं  । नेपालीसहित हिन्दी भाषामा पनि निर्माण गरेर आगामी  १५ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र परस्त्रीको सेन्सर पास रोकिएको छ । केन्द्रीय चलचित्र जाँच पास समितिले चलचित्रमा केही अस्प्रष्ट दृश्य समावेश गरेको भन्दै सेन्सर पास राकेको जनाएको छ ।

चलचित्रमा उल्लेख गरिएको भ्वाइलेन्सका दृश्यहरु हटाएपछि मात्रै चलचित्रको सेन्सर पास गर्ने बोर्डको तयारी रहेको छ । सुरज पाण्डेको निर्देशनमा निर्माण भएको चलचित्रमा शिल्पा मास्के, कोसिस क्षेत्री, गौरव विष्ट लगायतका कलाकारले अभिनय गरेका छन्। दीपेन्द्र के खनालले लेखेको चलचित्रमा शर्मिला पाण्डेले लगानी गरेकी हुन्।

 

प्रतिक्रिया दिनुहोस