काठमाडौँ । अमेरिकामा प्रिमियर गरेर चर्चा बटुलेको नेपाली चलचित्र बगान अब नेपालमा रिलिज हुने भएको छ । अभिनेता सरोज खनाल निर्देशित यो चलचित्र २९ असारबाट भनुजयन्तिको अबसरमा नेपालमा रिलिज गरिने भएको छ ।
फिल्मको फस्ट लुक्स सार्वजनिक गर्दै निर्माता सुरेश वाग्लेले रिलिज मिति सार्वजनिक गरेका हुन् । यो चलचित्रका सरोज खनाल, करिश्मा मानन्धर, नीर शाह, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, बसुन्धरा भुषाल, मिथिला शर्मालगायतको अभिनय रहेको छ ।
यो चलचित्रमा तीन पुस्ताका कलाकारहरुको एकसाथ अभिनय रहेको निर्देशक सरोज खनालले बताएका छन् । फिल्मको पटकथा पनि सरोजले नै लेखेका हुन् । नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनिल पोखरेलले उपलब्ध गराएको कथासंग्रहबाट ‘बगान’ चलचित्र आफुले बनाएको निर्देशक खनालले बताएका छन, ‘पुस्तकमा रहेका कथाहरु पढ्दै जाँदा स्वप्न नीरवजी को कथामा गएर म अड्किएँ । त्यहाँ उहाँले एउटा विशाल प्रश्न खडा गर्नुभएको रहेछ । मलाई यो प्रश्नको उत्तर हामीले दिनैपर्छ भन्ने लाग्यो ।’ उनले भने, ‘लेख्नेले त लेखेर आफ्नो दायित्व पुरा गर्नुभयो । एक व्यक्तिले उठाएको मुद्दालाई अन्य व्यक्तिहरुले समाजमा उजागर गर्नु हाम्रो धर्म हुन्छ र त्यसलाई मैले चलचित्रको रुपमा तयार गरेर पर्दामा ल्याएको छु ।’
अभिनयमा सफल सरोज खनालको निर्देशनमा यस अघि आफुले उत्कृष्ट सर्ट फिल्म हेरेकाले बगानको निर्देशकीय जिम्मा दिएको यसका निर्माता सुरेश वाग्लेले बताएका छन् ।
यो चलचित्रमा अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, समिर मियाँको भिएफएक्स तथा रेनिश फागोको रँग संयोजन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र मुकेश शाहको ध्वानी मिश्रण छ ।
फिल्मको कार्यकारी निर्माता विनोद मानन्धर हुन् । ’बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, २१ : ०५
लेखकबाट थप