काठमाडौँ । नेपाल धितोपत्र बोर्डले गत र चालु आर्थिक वर्षको यस अवधिसम्ममा कुल ४२ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको छ । गत वर्ष १९ र चालु आर्थिक वर्षमा यसले २३ वटा हाइड्रोपावर कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।
अहिलेसम्म आइपीओ निष्कासन गर्न अनुमति पाएका यस्ता कम्पनीहरुमध्ये आधाभन्दा धेरैले यही २ आर्थिक वर्षमा स्वीकृति प्राप्त गरेको देखिन्छ । चालु आर्थिक वर्ष सकिन अझै १ महिना बाँकी छ । र, बोर्डबाट आइपीओ बिक्री गर्न अनुमति कुरेर बसेका हाइड्रोपावर कम्पनी पनि धेरै छन् । तसर्थ, यो संख्या अझै बढ्ने सम्भावना उत्तिकै रहन्छ ।पछिल्लो समय साधारण सेयर जारी गर्ने हाइड्रोपावर कम्पनीको संख्या ह्वात्तै बढेको छ । उनीहरुले पुँजी जुटाउनलाई आइपीओ निष्कासन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रेष्ट माइक्रो लाइफले आइपीओ निष्कासन गर्दै
सर्वोत्तम सिमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन