काठमाडौं । नेपालमा पहिलो पटक मंकीपक्स भाइरसवाट ग्रसित महिला फेला परेकी छिन । केही दिनअघि नेपाल आएकी एक एकजना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनमा मंकीपक्स भाइरसवाट हुने ‘एमपक्स’ पुष्टि भए पछि अस्पताल भर्ना गरिएको छ । मन्त्रालयका अनुसार ६० वर्षीया एक जना महिलामा मकीपक्स पुष्टि भएको हो ।मंकीपक्सको शंकास्पद लक्षण देखिएपछि हाल उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
उक्त विदेशी महिलामा ज्वरोसहित मंक्किपक्स जस्तै लक्षण देखिए पछि चिकित्सकको सम्पर्कमा पुगेकी थिइन । उनी माथी देखा परेको लक्षण अनुसार संकलन गरिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनमा मंक्किपक्स पुष्टि भएको थियो ।
मकीपक्सका बिरामी अहिलेसम्म १ सय ११ देशमा फेला परिसकेका छन, नेपालमा भने पहिलो पटक फेला परेको हो । गत बर्ष यसले महामारीको रूप लिएको थियो । यो रोग मानिस देखी मानिससम्म वा जनावरवाट मानिसमा सर्ने गर्दछ । सन १९८० मा बिफर उन्रमुलन भए लगत्तै यो नयाँ रोगका रूपमा देखा परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मंकीपक्स संक्रमितको स्वास्थ्य सुधारोन्मुख
विश्वमा मंकीपक्सको संक्रमण बढ्दै, कंगोमा अहिलेसम्म ५७० जनाको मृत्यु
अफ्रिका बाहिर स्विडेनमा देखियो मंकीपक्स
अफ्रिकाका फैलियो मंकीपक्स रोग