एजेन्सी । अफ्रिकाका केही भागमा मंकीपक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ।
संगठनले यो रोगलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयको रुपमा समेत व्याख्या गरेको छ ।
मंकीपक्स एक संक्रामक रोग हो । अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएको समाचारमा जनाइएको छ ।
अहिले यो रोग मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ । वैज्ञानिकहरूले रोग द्रुत रूपमा फैलिरहेको र नयाँ भेरियन्टसँगै उच्च मृत्यु दरप्रति चिन्ता व्यक्त गरेका छन्।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले भने, ‘अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र जनताको जीवन बचाउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ३१ साउन २०८१, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मंकीपक्स संक्रमितको स्वास्थ्य सुधारोन्मुख
विश्वमा मंकीपक्सको संक्रमण बढ्दै, कंगोमा अहिलेसम्म ५७० जनाको मृत्यु
अफ्रिका बाहिर स्विडेनमा देखियो मंकीपक्स