काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हुँदै नभएको स्थानमा पनि सरकारले बजेट विनियोजन गरेर गैरजिम्मेवार काम गरेको भन्दै आपत्ति जनाएकी छन् । काठमाडौंमा वडा नम्बर ३५ भनेर हुँदै नभएको वडाको नाममा पनि बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले असन्तुष्टि जनाइन् ।
शुक्रवार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले हुँदै नभएको ठाउँमा बजेट विनियोजन गर्ने र प्रिन्ट मिस्टेक भनेर सरकारले जवाफ दिने काम गरेकोमा आफूलाई पटक्कै चित्त नबुझेको बताइन् ।
‘आवश्यक्ताको आधारमाभन्दा पहुँचका आधारमा बजेट विनियोजन भएको महसुस भएको छ । यतिसम्म लापरबाही कि हुँदै नभएको स्थानको सृजना गरेरसमेत बजेट विनियोजन भएको छ,' र्नले भनिन्, 'रातो कितावमा काठमाडौं ३५ खहरे, मूलपानी... अन्यअन्य । तत्कालीन समयमा काठमाडौं ३५ थियो होला । संविधान जारी भएर दुइटा आवधिक निर्वाचन भइसक्यो । अझै पनि काठमाडौं ३५ ? कहाँबाट सृजना भयो ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ असार २०८०, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय दलका युवाहरूले गाँजा र रक्सीको नशामा मलाई दुर्व्यवहार गरे : सोविता गौतम
सरकार असफल भयो, मन्त्रीहरूले राजीनामा दिए हुन्छ : सोविता गौतम
जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छ : सांसद गौतम